कोरोना संक्रमण आइतबार पनि बढ्यो


काठमाण्डौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना देखिएको छ। चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई जना र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको थियो। योसँगै सक्रिय संक्रमित संख्या पनि बढेको छ। आइतबारसम्म सक्रिय संक्रमितहरू ४२ जना पुगेका छन्। भारतमा संक्रमण बढिरहेको र खुला सिमाना भएकाले नेपालमा पनि कोरोना देखिएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए। मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा बुस्टर डोज सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *