एनआईएमबी बैंकले १९ वटा सवारी साधन बेच्दै
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १९ वटा सवारी साधन बेच्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका सवारी साधन र जेनेरेटर बेच्ने भएको हो । बैंकले सवारीसाधनमा दुई वटा किया पिकान्टो, दुई वटा मारुती ओम्नी भ्यान, ३ वटा हिरो होण्डा स्प्लेन्डर, हिरो होण्डा स्प्लेन्डर, टाटा मोवाईल डीआई क्रु क्याब, टाटा ईन्डीका, हुण्डाई सेन्ट्रो जीएल प्लस, फ्ल्याट पुन्टो, टाटा सुमो गोल्ड एक्स, महिन्द्रा बोलेरो एलएक्स, हिरो होण्डा स्प्लेण्डर प्रो, हिरो होण्डा ग्लामर र हिरो होण्डा सुपर स्प्लेन्डर बिक्री गर्दैछ । यस्तै, बैंकले क्रिलोक्सकर १२५ केभिए नामक जेनेरेटर पनि बेच्न लागेको जनाएको छ । बैंकको अनुसार इच्छुक व्यक्तिहरुले चैत २४ गतेसम्म बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित सामान्य प्रशासन विभागमा आवेदन पेश गर्नुपर्नेछ ।