एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयरमूल्यमा समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सेले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । कम्पनीको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५९१.८२ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ६५१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।