नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस


काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका हुन् । भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा हाल कार्यरत छन् । उनीहरुको नाम अब मन्त्रिपरिषद्ले प्रस्तावको रुपमा जान्छ र त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *