पर्यटनको विकासका लागि दक्ष जनशक्तिहरुको विकास गर्न जरुरी ः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्णजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भएको बताए । अहिलेको समयमा शैक्षिक संस्थाहरु केबल विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा मात्र सीमित नराखी नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा समेत विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउन देखिएका चुनौतीलाई समाधान गर्नका लागि आवश्यक छलफल गरी अघि बढ्न प्रतिष्ठानलाई निर्देशन दिए । नेपालका ७५३ वटै स्थानीय सरकारहरुसँग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि प्रतिष्ठानको विज्ञता प्रयोग गरी अगाडि बढ्न पनि उनले निर्देशन दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *