प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् प्रस्तुत भएका विधेयकसहित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच संसद्लाई गतिशील बनाउने विषयमा पनि कुराकानी भएको छ । भेटमा सभामुखको अधिकार कटौती गर्न लागेको विषयबारे पनि छलफल भएको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *