प्रभु बैंकले धितोको कार बेच्दै
काठमाडौं । प्रभु बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको शाखा कार्यालय लायन्सचोक नारायणगढ चितवनबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी कृष्ण शर्मा कंडेल र जमानीकर्ता हरिकला कंडेल तिवारी रही बैंकबाट ऋण लिएर चुक्ता नगरेपछि सवारी बिक्रीमा राखेको हो । प्रभु बैंक साबिक सेञ्चुरी कमर्सियल बैंक धनी भइ ऋणी कृष्ण शर्मा कंडेल कायम भएको यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा दर्ता रहेको बा १६ च १७०२ नम्बरको सुजुकी कम्पनीको भिटारा ब्रेजा भिडीआई मोडलको कार बिक्रीमा राखेको बैंकले जनाएको छ ।