लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना


काठमाडौं । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना यही चैत १३ देखि सुरु भएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ सम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, यसयुभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *