सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर आज बैठक बोलाएका हुन् । आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *