एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा


काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा यू १९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् । १० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *