प्रधानमन्त्री थ्रिनेसन्स कपमा बराबरीसँगै नेपाल फाइनलमा


काठमाडौँ । काठमाडौँमा प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ । खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । खेलमा आयुस घलान प्लेयर अफ द म्याच चुनिए । खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते शुक्रवार हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *