मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै राजमार्ग अवरूद्ध
सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। ‘हिजो मेयरमाथि मोबिल छ्यापेको भन्दै उहाँहरूले आज एक घण्टा चक्काजाम गर्नुभएको हो । ‘अहिले स्थिति नियन्त्रणमा छ। मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ। साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, यसमा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ। उनी नेकपा बहुमतका कार्यकर्ता भएको पनि प्रहरीले बताएको छ।