राष्ट्रपतिको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् । दुईदिनअघि निर्णय भएर बुधबार नियुक्ति पाएको नेपालले जानकारी दिए । कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले नियुक्ति पाएको पुष्टि गरे । कुँवर गण्डकी पहिलो प्रदेश प्रमुख हुन् । उनीपूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए ।