शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस


काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ २५ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *