नयाँ वर्षमा यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना
काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०८० को अवसरमा उपहार योजना ल्याएको छ । ‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन् । यो योजना आर १५ , एमटी १५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु कम्पनीले जनाएको छ । यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ ।
पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहा पावर अफ ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने र उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् । साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।