नेपाल लाइफले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं. २०८० सालको चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।कम्पनीले २०७९ पुस मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी, १ खर्ब ५० अर्ब रुपैयाँ जीवन बीमाकोष र ९ अर्ब ५२ करोडभन्दा बढी सेयरधनी कोष रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।