उपनिर्वाचनमा कांग्रेसले दुई महामन्त्रीलाई खटायो
काठमाडौँ । नेपाली काँग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा दुई महामन्त्रीलाई खटाउने निर्णय गरेको छ ।
सोमबार हुने उम्मेदवारी दर्ता कार्यक्रममा कांग्रेसले तनहुँ- १ मा महामन्त्री गगन थापा र चितवन- २ मा महामन्त्री विश्वप्रकाश शर्मा खटाउने निर्णय गरेको हो ।
तनहुँ- १ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवार बनाएको छ भने चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदार बनाएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले उम्मेदवारी दर्तापछि हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले बारा-२ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।