उपनिर्वाचन : एकीकृत समाजवादीले कांग्रेस उमेदवारलाई सघाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उपनिर्वाचनमा पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेस उमेदवार र बारामा जसपा उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने अभिप्रायले पार्टीको उम्मेदवार नउठाउने भएको हो । तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई एकिकृत समाजवादीले सहयोग गर्ने भएको खतिवण्डाको भनाइ छ ।

तनहुँ १ मा सो पार्टीको समानुपातिकमत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ रहेको छ भने यस्तै बारा २ मा समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने जनाएको छ । बारामा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत कायम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *