तनहुँ-१ मा त्रिपक्षिय भिडन्त हुँदै, यी हुन् उम्मेदवार

काठमाडौं । तनहुँमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

जसअनुसार नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला पुगेर कार्यकर्ता भेटघाटमा लागिसकेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् । आज सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिकाअनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *