लुम्बिनी विकासको एटिएम कञ्चनपुरमा


काठमाडौं । लुम्बिनी विकास बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको छ । उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले गरेका छन् । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाबाट एटिएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको जनाएको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिमको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटिम मार्फत सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *