मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक : आयोग गठनदेखि नियुक्तिसम्म

काठमाडौँ । सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिएकी हुन् ।

जाँचबुझ आयोगका सदस्यहरुमा गणेशबाबु अर्याल र उत्तमबाबु सुवेदी रहेको उनले बताइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण(पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ ।

शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने पनि सरकारको निर्णय छ । त्यसैगरी नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । मन्त्री शर्माले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *