कांग्रेसले थप २ मन्त्रीको नाम टुंग्यायो , बस्नेत र साउद


नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो। बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारी अनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र एनपी साउद मन्त्री बन्ने टुंगो लागेको छ। साउद गत मंसिरको चुनावमा कञ्चनपुर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो। यस्तै बस्नेत सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *