ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन् । पोर्नस्टार स्टर्मी डेनियलसँगको आपराधिक मुद्दामा म्यानहट्टन अदालतमा पुग्दा ट्रम्प मंगलबार पक्राउ परेका थिए ।
ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि एक पोर्न स्टारसँगको सम्बन्ध लुकाउन तिरेको पैसा को रेकर्ड लुकाउन झुटो विवरण पेश गरेकोसहित ३४ वटा आरोप लगाइएको थियो ।
अदालतमा उपस्थित हुँदा ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष घोषणा गरेका थिए ।
बहस सुनेपछि अदालतले ट्रम्पलाई करिब एक लाख २२ हजार डलर जरिवाना तिर्न आदेश दिएको छ । सो रकम पोर्नस्टार स्टर्मी डेनियललाई दिन अदालतले आदेश दिएको छ ।
सुनुवाइपछि ट्रम्प अदालतबाट बाहिरिएका थिए । यस विषयमा अर्को सुनुवाइ ४ डिसेम्बरमा हुनेछ । योसँगै ट्रम्प फौजदारी मुद्दामा पक्राउ पर्ने पहिलो अमेरिकी पूर्व राष्ट्रपति बनेका छन् ।
यसअघि न्यूयोर्कको अदालतले पूर्व राष्ट्रपतिविरुद्ध यस विषयमा आपराधिक कारबाही चलाउन अनुमति दिएको थियो । सोही मुद्दामा उनी अदालतमा हाजिर हुन आएका थिए । उनको ठूलो संख्यामा म्यानहट्टन अदालतबाहिर पुगेका थिए ।
यसैलाई मध्यनजर गर्दै अदालत भित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । ट्रम्पले भने पोर्न स्टार स्टर्मी डेनियल्सलाई भुक्तानी गरेको सम्बन्धमा कुनै गलत काम गरेको अस्वीकार गरेका छन् ।