सुनको मुल्यले बनायो नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य आकासिएको छ । नयाँ किर्तिमान कायम गर्दै बुधबबार एकैदिन सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ ।

यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको मुल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *