एसईई दिएका विद्यार्थीका लागि टेलिकमको निःशुल्क सिम सेवा

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर ल्याएको छ ।

नेपाल टेलिकम कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउनुका साथै ६ महिनाका लागि रिर्चाज बोन्स अफर पनि उपल्बध गराउने भएको छ । टेलिकमको सो अफर २४ गतेदेखि लागू हुनेगरी ३ महिना महिनासम्म निशुल्कः सिम उपल्बध गराउने र रिचार्ज बोन्स ६ महिनाका लागि उपलब्ध गराउने उल्लेख छ ।

नेपाल टलिकमले विगतका वर्षहरुमा पनि एसईई दिएर बसेका विद्यार्थीहरुका लागि सो सुविधा उपलब्ध गराउँदै आएकोमा यस वर्ष पनि उक्त सुविधा उपलब्ध गराउँदै आएको हो । टेलिकमले उपलब्ध गराउने निशुल्कः सुविधामा विभिन्न कल, एसएमएस,इन्टरनेट फ्रि प्याकेजहरु समावेश गराइने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *