सिद्धार्थ बैंकले भिडियो प्रतियोगिताका विजेतालाई दियो ६० हजार
काठमाडौं । सिद्धार्थ बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको टिकटक भिडियो प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराको साथ आयोजना गरेको प्रतियोतिगाका तीन विजेतालाई ६० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरेको हो
बैंकमा बचत गर्नुका फाइदाहरु” शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई बैंकले क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी बैंकका प्रमुख डिजिटल मार्केटिङ्ग अनन्त श्रेष्ठ पुरस्कार हस्तान्तरण गरेका हुन् । बैंकले ग्लोबल मनी विक कै अवसरमा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो । यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो ।