अर्थतन्त्रमा सुधार नआए आउने दिन अझ भयावह हुनसक्छ ः चन्द्र ढकाल
काठमाडौं । अर्थतन्त्रमा सुधार आउन नसके आउने दिन अझ भयावह हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा यस्तो बताएका छन् । उनले सरकारले महासंघको सुझाव लिएको भए अर्थतन्त्र हालको अवस्थामा नआउने बताए । अर्थतन्त्र सुधारको लागि उद्योग वाणिज्य संघले सरकारलाई धेरै सुझाव दिए पनि सरकारले त्यसलाई वास्ता नगरेको उनको गुनासो छ । ‘महासंघको सुझावको ग्रहणा गरेको भए यस्तो अवस्थ आउँदैन थियो कि । त्यस्तै, उनले नीजि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । सरकारले सहयोग गरे निजि क्षेत्रले मात्र अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ छ ।