नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर डाँगीहाटमा
ठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । कोसी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोसी प्रदेश प्रमुख राजीव गजुरेलले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । बैंकका कोसी प्रदेश प्रमुखले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने छ ।