मेला महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्दछः कृषि मन्त्री भुषाल


भक्तपुर । नयाँ वर्ष तथा बिस्काःजात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९.८०को उद्घाटन गर्दै नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । हाम्रो देश नेपाल कृषि उत्पादनमा पछाडी भएको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालले जानकारी दिए । हाम्रो अर्थतन्त्रलाई सवल बनाउन, हामी स्वस्थ हुन मौलिक अर्गानिक कृषि उत्पादनलाई समावेश गर्नु पर्दछ, मन्त्री भुषालले भने । भक्तपुर किसानहरुको जिल्ला भएकाले जुजु धौःको प्रचारमा सबै जना लाग्नु पर्नेमा कृषि मन्त्री भुषालले जोड दिए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र प्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गरे । बिस्काः जात्रालाई ध्यानमा दिएर भक्तपुरमा जात्रा अवधिभर सबै जनाको सहमतिमा खुल्ला रुपमा मदिरा बिक्रि वितरणमा रोक लगाईएको समेत प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकाशमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव रहेको छ ।
उक्त महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका साथै बाल उद्यान र दैनिक सांगीतिक प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सव यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *