सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात २४ गते, शुक्रबारदेखि गरेको छ । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बीमा विलासिता नभएर अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उधेश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोजबहादुर खड्का र सुनिल पोखरेलले यस अभियानको उद्घाटन गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ । ‘यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो,’ कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । जीवनको अफ्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा भएको र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्ने कम्पनीले जनाएको छ ।