बागमती प्रदेश सरकारमा कांग्रेस पनि सहभागी
काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी बहादुरसिंह लामा र तीर्थ लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन् । बहादुरसिंहले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुईजना थपिएसँगै अब बागमतीसरकार ६ सदस्यीय भएको छ ।