मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा ६ बुँदे मागपत्र बुझाएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार दुई टोलीबीच परिचय भएपछि आइतबारको वार्ता सकिएको हो । मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको उनले जानकारी दिए ।

सरकासँग वार्ता गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा १९ सदस्यीय टोली बनाएको छ ।

सो टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *