सिंहदरबारभित्रै फोहोरको थुप्रो

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने भन्दै शनिबार फेसबुकमा एक स्टाटस लेखेका थिए ।

सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर व्यावस्थापनको काम गर्दै आइरहेकोमा अहिले सिंहदरबारभित्र फोहोरको डङगुर देखिएको छ ।

परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएपछि सोही अनुसार गरेको हो ।

‘ फोहोर उठाउने निर्देशन नभएकै कारण सिंहदरबारबाट बाहिर फोहोर ननकिालिएको बताउँछन् परिवर्ति नेपालका अध्यक्ष बताउँछन् । सिंहदरबारबाट दैनिक पाँच टन उठ्दै आएको फोहोर अहिले पुतली बगैंचामा राखिएको उनको भनाइ छ ।

वडा तहमा कुनै छलफल नगरी फोहोर नउठाउन बालेनले ठाडो निर्देशन दिएको काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारको भनाइ छ । कर्मचारीहरूलाई फोहोर नउठाउन निर्देशन दिइएको रहेछ। त्यही भएर आज फोहोर उठेको छैन,उनले भने । सिंहदरबारभित्र फोहोर उठाउन रोक लगाइएको कुरा बालेनको फेसबुक स्टाटस पढेर थाहा पाएको उनले जानकारी दिए ।

सरकारसँग कुरा नमिलेसम्म फोहोर सिंहदरबारबाट नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *