सिटिजन्सको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको बैंकले जनाएको छ। निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *