एभरेष्ट बैंक र एमएडब्लु ग्रुपबीच सम्झौता


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एमएडब्लु ग्रुप अफ कम्पनीबीच सम्झौता भएको छ । एमएडब्लु ग्रुपले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारी साधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेष्ट बैंकसँग समझदारी भएको कम्पनीले जनाएको छ । एमएडब्लु ग्रुपले नेपालमा यामाहा, जेसीबी, जिप, स्कोडा, आइचर, फोटन र चांगनको बिक्री वितरण गर्दै आएको छ । कम्पनीका अनुसार अब एभरेष्ट बैंकले एमएडब्लु ग्रुपले आयात गर्ने विद्युतीय सवारी साधनको फाइनान्सिङ ‘फ्लकच्युएसन बेसिस’मा राष्ट्र बैंकले जारी गरेको ‘बेस रेट’मा न्यूनतम ३.५ प्रतिशत ब्याजदर तथा डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको फाइनान्सिङ ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा गर्नेछ । यी सबैको ऋण अवधि ७ वर्ष रहनेछ । हस्ताक्षर समारोहमा एमएडब्लुको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेष्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतासँगै एमएडब्लुले आयात गर्ने सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिद गर्न चाहने ग्राहकले ‘डकुमेन्टेसन’ सकिएको एक सातामा ‘डेलिभरी’ लिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *