कांग्रेसले छलकपट र जालझेल गरेको गोविन्दराज जोशी समूहको आरोप

काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली काङ्ग्रेसले आफूहरू विरुद्ध गलत प्रचार प्रचार गरेको बताएका छन् ।

आफूहरूको कारबाही फिर्ता गरेको भन्दै काँग्रेसले गलत प्रचार गरेर आफ्ना समर्थकहरूको भोट लिन खोजेकोमा आपत्ति जनाएका हुन् । उनले आफूहरूको समर्थन काँग्रेसको उम्मेदवारलाई नभएको स्पष्ट पार्दै सबै मतदाताहरूलाई स्वतन्त्र र विवेक पूर्ण डङ्गले मतदान गर्न अपिल गरेका छन् ।

उनले तनहुँका जनताले योग्य, सक्षम र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने उम्मेदवार चयन गर्नुपर्ने भन्दै उनले अब झण्डा र पार्टीभन्दा माथि उठेर देशको विषयमा सोच्नु पर्ने बेला आएको बताए । नेपाली काङ्ग्रेसबाट भइरहेको छलकपटपूर्ण प्रचारबाजीबाट जोगिनु पर्ने भन्दै उनले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरूको लडाइँ अझै नसकिएको बताए ।

उनले अब लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने बताए । उनले राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन नसक्ने विज्ञप्तिमा ठोकुवा गरेका छन् ।

नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।

नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा  क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते  तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ । गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो  आदी कुरा भनि  नेपाली काङ्ग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठोहो । उक्त वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।


जहाँ सम्म आगामी वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनको सन्दर्भ रहेको छ, यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौँ अर्थात् यो उप निर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ ।  नेपाली काङ्ग्रेस पार्टीले आफ्नै  पार्टीका उम्मेदवारप्रति गरेको छल–कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ । 

यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन । वार्ताको क्रममा २०४७ सालको निर्वाचनपछि धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन् । आज नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौ । पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर  पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ । तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने काङ्ग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन । त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।


जहाँसम्म मतदानको प्रश्न छ यो उप-निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । त्यसैले मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने  योग्य उम्मेदवारको छनोट गरी  आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछ ।

अन्त्यमा,

सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन । जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।

जय नेपाल

नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहका तर्फबाट

गोविन्द राज जोशी

पूर्व मन्त्री

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *