भुवन केसीविरुद्ध दीपकराजले खोले ‘फायर’, लफडै लफडा निम्त्याएको आरोप
काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रामक भएर लागेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखि चलचित्र क्षेत्रमा लफडै लफडा देखिएको आरोप लगाएका हुन् ।
उनले भुवनले ‘छक्का पञ्जा ४’ को कमाईबारे गलत रिपोर्ट सार्वजनिक गरेको उल्लेख गरेका छन् । ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ दीपकराजले आक्रोश व्यक्त गर्दै लेखेका छन् ।
बोर्डका अध्यक्ष केसी बारम्बार विवादमा पर्दै आएका छन्। उनको कार्यशैलीप्रति कतिपय चर्चित कलाकारहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आफ्नो छोरा अनमोल केसीको ‘छड्के २’ फ्लप भएपछि भुवनले ‘छक्का पञ्जा ४’ को कमाई कम देखाएको बताइएको छ । भुवनकै कारण धेरे निर्माताले दुःख पाएका छन् ।
उनले बोर्डमा आफ्नो अनुचरलाई सल्लाहकार राखेका छन् । जसकारण अहिले चलचित्र क्षेत्र ओरालो लागेको छ ।