वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने


काठमाडौं । बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राख्ने निर्णय गरेको छ । संघको बुधबारको बैठकबाट व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने निर्णय गरिएको हो । संस्थागततर्फका निक्षेपकर्ताले भने ७.९९ ब्याजदर पाउनेछन् । बैंकहरूले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिँदै आएका थिए । डेढ वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राखेका हुन् । संघले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेको हो । व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ । बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ । बैंकहरूले बचत खातामा भने ५.४२ प्रतिशतदेखि ७.४२ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *