उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार, जापानमा अलर्ट जारी

काठमाडौँ । अमेरिका र दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बिहीबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले उक्साहटको रूपमा जापानको सागरतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि जापान सरकारले नागरिकका लागि अलर्ट जारी गरेको छ ।

जापानले पनि उत्तर कोरियाले मिसाइल छोडेको पुष्टि गरेको छ । जापानी सरकारले होक्काइडो टापुका बासिन्दाहरूलाई तुरुन्तै खाली गर्न र भवन वा भूमिगत शरण लिन आग्रह गरेको छ । मिसाइल स्थानीय समय अनुसार बिहान ८:०० बजे अवतरण हुने अपेक्षा गरिएको थियो ।

चेतावनी अनुसार स्थानीय समय अनुसार बिहान ८ बजे मिसाइल अवतरण हुने अपेक्षा गरिएको थियो । यद्यपि, होक्काइडोका स्थानीय अधिकारीहरूले पछि क्षेप्यास्त्रले टापुमा हान्ने कुनै सम्भावना नभएको बताए ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि लगातार हतियार परीक्षण गरिरहेको छ । उसले आणविक क्षमताको अन्डरवाटर ड्रोन र दुई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *