चौदण्डीगढी नगरपालिका : घुस मागेको अडियो सार्वजनिक

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ ।

उनले नगरपालिकामा जागिर लगाइदिने आश्वासनमा एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । सार्वजनि भएको अडियोमा अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग ५० हजार रुपैयाँ दिन बांकी रहेको रकम १० दिनभित्र दिने उल्लेख गरेकी छिन् ।

नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै राईले घुस मागेका हुन् ।

सो घटनाप्रति चौदण्डीगढी नगरपालिकाका कालुमान राईले विहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै तत्काल छानबिन गरेर दोषिलाई कार्बाही गर्ने बताएका छन् । यस्तै नगरपालिकाले आजैबाट दोषि राईलाई करारबाट हटाएको र निगरानीमा राखी सत्य तथ्य छानबिन गर्ने प्रतिवद्धता विज्ञप्ती मार्फत जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *