नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने

काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको नर्भिक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालले दाबी गरेको छ ।

क्याथेटराइजेशन ल्याब स्थापना गर्ने नेपालको पहिलो निजी अस्पताल नर्भिक सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागु गर्नेमा पनि पहिलो निजी अस्पताल बनेको अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् । ३० वर्ष अगाडि ३० वटा बेडबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको अस्पतालले अहिले क्यान्सरको रेडियोलोजी बाहेक सम्पूर्ण उपचार सेवा सञ्चालन गरिरहेको उनले बताए ।

केही समयदेखि अस्पतालले मृगौला प्रत्यारोपण सेवा पनि प्रारम्भ गरेको छ । अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अहिलेसम्म अस्पतालले ५ जना बिमारीमा सफल मृगौला प्रत्यारोपण गरिसकेको छ ।

३० वर्षको अवधिमा अस्पतालले झण्डै ३० लाख बिमारीहरुलाई उपचार सेवा प्रदान गरेको, जसमा ८० प्रतिशत पुराना बिमारीहरु र २० प्रतिशत नयाँ बिमारी थपिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । उनका अनुसार अस्पतालले निर्माण गरिरहेको नयाँ आधुनिक भवनको काम सम्पन्न भएपछि नर्भिकले एफपिओ समेत जारी गर्ने तयारी गरको छ ।

३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट हुने अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालले सो प्याकेजमा लेजर र हाइड्रा, आइभिएफ र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट ल्याएको छ ।

अस्पतालले पत्रकारहरुको लागि पनि लक्षित गरेर एक वर्षे प्याकेज ल्याउने तयारी गरेको अध्यक्ष सिंहले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *