बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी बिकास तामाङ् पक्राउ परेका छन । बैकिङ कसुर मुद्दा १ करोड २५ लाखको विगोमा फरार रहेका तामाङलाई गत फागुण २६ गते पक्राउ गर्न उच्च अदालत ललितपुर दिएको जाहेरीका आधारमा खटिएको विशेष अनुसन्धान टोलीले चैत्र २९ गते नयाँबानेश्वर बाट पक्राउ गरेको हो ।

पक्राउ गरि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ । स्थायी ठेगाना नुवाकोट वार्ड न. ६ भएका ३९ वर्षीय तामाङ हाल काठमाडौँ महानगरपालिका ६ काठमाडौँ बस्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *