राजा ज्ञानेन्द्र शाहद्धारा नयाँ वर्षको शुभकामना
काठमाडौं । नयाँ वर्ष २०८० को उपलक्ष्यमा राजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् ।राजा ज्ञानेन्द्रले नयाँ वर्षको अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना दिएका हुन् ।
शुभकमना दिदैँ उनले भने ,‘राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो ।’