नयाँ वर्षको अवसर पारेर राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमार्फत नयाँ वर्षको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण पैदा गरेका हुन् ।
विभूषण समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगाएतको उपस्थिति रहेको स्रोतले जनाएको छ ।