एनएमबि बैंकले ल्यायो सजिलो क्युआर कर्जा


काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको कर्जा प्रदान गरिनेछ । साथै, आकश्मिक वित्तीयलाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गरिने जनाएको छ । अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्नेछ । बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *