एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ बाट क्यु आर सेवा


काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ। उक्त सेवा सुचारु अनुसार एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, एप इबिएल टच २४ प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, ,मेट्रो सुपर मार्केट ,मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले बैंकिङ्ग एप एप इबिएल टच २४ एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सकिने जनाएको छ ।

साथै, बैंकिङ्ग एप एप इबिएल टच २४ मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सकिनेछ । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्त्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले जनाएको छ । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *