प्रचण्ड र देउवा एउटै गाडीमा पुगे ओली निवास बालकोट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा एमाले अध्यक्ष केपी ओली निवासमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । दुवैजना एउटै गाडीमा बालकोट पुगेका हुन् । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।

ओलीको अस्वस्थताकै कारण आइतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । ओली बिरामी परेको खबर आएपछि प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको थियो ।

शीर्ष नेताबीच टीआरसी विधेयकबारे सहमति जुटेमा भोलि मंगलबार बस्ने संसद् बैठकमा विधेयक अघि बढाइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *