भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६,युपीमा ४,दिल्ली राजस्थानमा ३-३,महाराष्ट्रमा २,बिहार छत्तीसगढ,हिमाचल प्रदेश,झारखण्ड,केरल तथा तमिलनाडुमा १/१ जना रहेका छन्।

सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ। पछिल्‍लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भएका छन्।

आइतबार १० हजार ९३ जना नयाँ संक्रमित थपिएका थिए भने कोरोनाबाट २३ जनाले ज्यान गुमाएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *