रत्नपार्कमा मिटरब्याजीमाथि प्रहरी दमन, दर्जनौंको फुट्यो टाउको
काठमाडौं । आफ्ना माग र गुनासो सुनाउन तराई मधेसका जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजीपीडितमाथि प्रहरीले बर्बर दमन गरेको छ । सोमबार रत्नपार्कको शान्तिबाटिकामा धर्नामा बसेका पीडितहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा धेरैजना घाइते भएका छन् ।
आफ्नो मागको सुनुवाइ हुनुपर्ने भन्दै नाराबाजी गरेका पीडित र तिनका समर्थकमाथि प्रहरीले पानीको फोहोरो र अश्रुग्यास प्रयोग गरेको थियो । तर त्यतिले पनि भीड नहटेको भन्दै पीडितहरूलाई लखेटी लखेटी आक्रमण गरेको छ । महिलाहरूको टाउको फुटेको छ । ३५ जना प्रदशर्नकारी घाइते भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सञ्जीव उप्रेतीले यसप्रकारको राज्यको दमनको भत्र्सना गरेका छन्।केही दिनअघि मिटरब्याजीपीडित संघर्ष समितिले सरकारसँग वार्ता भंग भएको घोषणा गर्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।
उनीहरू माइतीघर मण्डलामा धर्नारत थिए । सोमबार बिहान पीतिहरू रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गर्न पुगेका थिए ।