संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादु देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता सहभागी छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बाेलाएका हुन् ।